नेकपा–माओवादीद्वारा प्रदर्शन

काठमाडौं, २८ भदौ । मूल्य बृद्धि बिरुद्ध सडक आन्दोलनमा उत्रिएको नेकपा–माओवादीले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।
रत्नपार्क, बागवजार, पुतलीसडक क्षेत्रमा नेकपा–माओवादीका समर्थकले बेलुका मसाल जुलुस प्रदर्शन गरेका छन् । शुक्रबारको नेपाल बन्दलाई सफल बनाउन मसाल जुलुस निकालिएको नेकपा–माओवादीले जनाएको छ ।
मसाल जुलुस बागवजार आईपुगे पछि प्रहरी र नेकपा–माओवादीका समर्थकवीच तनाव भएको थियो । प्रहरीले मसाल खोस्न खोजे पछि केही समय तनाव भएको हो ।
मसाल खोसाखोस भएपछि नेकपा–माओवादीका समर्थकले कामचालउ सरकारका प्रधानमन्त्री, प्रहरी प्रशासन विरुद्ध चर्का नारावाजी समेत गरेका थिए ।
मूल्य बृद्धिको बिरोधमा नेकपा–माओवादीले शुक्रबार विहान ६ बजे देखि मध्यान्ह १२ बजे सम्म नेपाल बन्दको आह्वान गरेको छ ।
सरकारले नेपाल आयल निगमलाई घाटा भएको भन्दै मट्टितेल, डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसमा भारि मूल्य बृद्धि गरेपछि विभिन्न राजनीतिक दल र तिनका भातृसंगठनहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया