तिजका अवसरमा ‘मर्काइदेऊ कम्मर’

काठमाडौं : तिज पर्वको अवसर पारेर गीति एल्बम निकाल्ने लहर बढ्दै गएको छ । यसै क्रममा लोकगायिकाद्वय उमा श्रेष्ठ र अमृता लुङ्गेलीले मकाईदेऊ कम्मर नामक तिजका गीतहरूको भिसिडी संग्रह बजारमा ल्याएका छन् । उमा र अमृताका साथ राजु परियार र पार्वती कार्कीको स्वर रहेको यस भिसिडीमामर्काइदेऊ कम्मर, हे बरै, जुनी–जुनीलाई , कस्तो आयो जमाना गरी चार भाका समेटिएका छन् । शिव हमाल, कृष्ण आशु र मधुर गिरीको शब्द रहेको एल्बममा लय पनि कृष्ण र मधुरकै छ । यसअघि उमाले ५० प्रतिशत, कस्तो आयो जमाना, बास्ना आउने धुन र हे बरै जस्ता एल्बम श्रोतामाझ ल्याइसकेकी छन् । (सौस)

प्रतिक्रिया