चार महिना नियोग बसाई पछि नेपाल

दोहा/कतार । वैदेशिक रोजगारीका लागि ११ महिना अघि कतार आईपुगेका पर्वानीपुर–६, सर्लाहीका २४ वर्षीय सञ्जय धौलाकोटी ४ महिना नियोगको शरमा बसेर विहीवार बेलुका नेपाल जाँदै छन् ।
रोजगारीका सिलसिलमा २५ अक्टोवर २०११ मा कतार आएका पीडित धौलाकोटीलाई उनकै गाउँका एजेन्ट लखन लामाले सहमति अनुसार काम उपलब्ध नगराए पछि नेपाल फर्किन लागेका हुन् । लामाको रियल रिर्सोस म्यानेजमेन्ट प्राईभेट लिमिटेड सुकेधारा काठमाडौंबाट उनी दोहा आएका हुन् ।
धौलाकोटीलाई नेपाल फिर्ती पठाउन टिकटमा सहयोग भने दाङ्ग–देउखुरी सेवा समाजले गरेको छन् ।
पीडित धौलाकोटीले ९० हजार रुपियाँ बुझाएर दोहास्थित एक कम्पनीमा कर्पेन्टरको काम गर्न आएका थिए ।
म्यानवारले ८ सय रियाल तलब र खानाका लागि २ सय रियाल दिने शर्तमा पठाए पनि सहमति विपरित ६ सय रियाल तलब र २ सय रियाल खाना दिए पछि उनी समस्यामा परेका हुन् । कार्पेन्टरको काम भने पनि उनलाई घर सफाईको काममा लगाईएको थियो ।
काम गर्ने घरका मालिकलाई पटक पटक सेवा सुविधा र अन्य कानूनी प्रक्रियाका बारेमा सहयोग गर्न आग्रह गर्दा नमाने पछि धौलाकोटी भागेका थिए ।
भोगेर होमसाईडस्थित कोरियनको घरमा काम गरेका धौलाकोटी त्याहाँबाट पनि भागेर नियोगको शरणमा आएका हुन् । उनी नियोगमा विगत ४ महिनादेखि बस्दै आएका छन् । उनी २४ घण्टे पासर्पोट बनाएर नेपाल जान लागेका हुन् ।

प्रतिक्रिया