जाजरकोटमा पति–पत्नीको मृत्यु

जाजरकोट, २६ भदौ । जाजरकोट जिल्लामा एक दम्पत्ती आज मृत्त अवस्थामा फेला परेका छन् ।
भगवती–३, अवलगुर्ताका २३ वर्षीय रणबहादुर गुरुङ र उनकी पत्नी २० वर्षीय शान्ता गुरुङ घरमै मृत अवस्थामा फेला परेको भगवती गाविसका सहायक लेखापाल मोहन बस्नेतले जानकारी दिए ।
गुरुङ पति–पत्नीको मृत्यु भए पछि ईलाका प्रहरी कार्यालय रग्दाबाट खट्टिएको प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ । गुरुङ दम्पत्तीको मृत्यु कसरी भएको भन्ने बारेमा प्रहरीले केही जनाएको छैन ।

प्रतिक्रिया