ग्रिनल्यान्डको हयाट्रिक जित

काठमाडौं : आयोजक ग्रिनल्यान्डले सातौँ क्विक्स ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार तीन खेलमा जित हात पारेको छ ।
सिनियर ब्वायजमा ग्रिनल्यान्ड ‘ए’ ले नवजीवनलाई ३९–३१ ले हरायो । विजेताका मिलन पुरीले १५ अंक जोडे । जुनियरमा ग्रिनल्यान्ड ‘बी’ ले त्रिज्योतिलाई १८–१२ तथा ग्रिनल्यान्ड ‘ए’ ले नेपाल मोडेललाई २४–८ ले पराजित गरे । ‘बी’ का सिद्धार्थ गुरुङले ६ तथा ‘ए’ का सुजन खड्काले १७ अंक जोडे । जुनियरमै गोल्डेनपिकले एन्जलहर्टलाई १४–७ ले पाखा लगायो । जितमा सन्जोगले ८ स्कोर गरे ।
सिनियर ब्वायजमा एचएचसिएले नेरिकलाई ४७–२९, काठमाडौं विद्याकुञ्जले अभियान पब्लिकलाई २२–६, इनोभेटिभले ओडिसीलाई ३०–२३, फरवार्डले माउन्ट कैलाशलाई ४४–२५, एन्जलहर्टले भद्रकालीलाई ३३–१८ तथा गोल्डेनपिकले माउन्ट ग्लोरीलाई ४१–३२ ले पन्छाए ।
एचएचसिएका पविन राईले २१, विद्याकुञ्जका युरोप भण्डारीले १५, फरवार्डका न्युटन थापाले १८, एन्जलहर्टका सुसन मगरले १६ तथा गोल्डेनपिकका अनीश मगरले १७ अंक बटुले । (सौस)

प्रतिक्रिया