दाहाल अब निर्माता पनि

काठमाडौं : निर्देशक दयाराम दाहालले अब चलचित्रमा लगानी गर्ने भएका छन् । मिसन–४ ट्वेन्टी चलचित्रमा कुमार विष्ट र मन्दिल श्रेष्ठका साथमा उनले पनि लगानी गर्ने भएका हुन् । चलचित्रको शुक्रबार बिहान भद्रकाली मन्दिरमा पूजाआजासहित शुभ मुहूर्त गरियो । कलाकार– सुमन सिहं, निर्मल सेन्चुरी र कृष्टि पौडेलले मुहूर्त सट दिएका थिए ।
घरमा पत्नी हुँदाहुँदै पनि पैसाको बलमा केटी घुमाएर हिँड्ने ‘चार सय बीस’ प्रवृत्तिका सहरी युवामाथि चलचित्र केन्द्रित रहने निर्माण समूहले बतायो । ‘एउटी मजदुर केटीलाई वेश्यावृत्तिमा फस्न विवश पार्ने तिनै चार सय बीस प्रवृत्ति बोकेकविरुद्धको अप्रेसन नै मिसन–४ ट्वाइन्टी हो’, निर्देशक दाहालले चलचित्रको बारेमा भने ।
चलचित्रमा कथा कुमार विष्ट, पटकथा र संवाद ओम प्रतीकको रहनेछ भने गीत निर्देशक दाहालले नै लेखेका छन् । द्वन्द्व रोशन श्रेष्ठ र छायांकंन श्याम रायमाझीको रहनेछ । सुमन सिंह, निर्मल सेन्चुरी, महिमा सिलवाल, कृष्टि पौडेल, कशिष उप्रेती, नीर शाह, सुनील थापा, राजाराम पौडेल, निर्मल शर्मा, रवीन्द्र खड्का, श्याम राई, गणेश मुनाल, मुकुन्दकिशोर भट्टराय, केशव भट्टराई, रामकृष्ण बजगाईलगायतले मुख्य भूमिकामा अभिनय गर्नेछन् । (सौस)

प्रतिक्रिया