जापानमा ‘तिज महोत्सव’ हुने

काठमाडौं : नेपाली कला, संस्कृतिको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले जापान रहेका नेपाली महिलाले तिज महोत्सवको आयोजना गर्ने भएका छन् । जापानका विभिन्न सहरमा बसोबास गर्दै आएका नेपालीलाई समेटेर अन्तर्राष्ट्रिय नेपाली समाज जापान र नारी सञ्जाल डटकम्ले महोत्सव आयोजना गर्न लागेका हो । जापानका तीन स्थानमा महोत्सव आयोजना गर्न लागिएको समाजका उपाध्यक्ष तेज अर्यालले बताए ।
जापानको पुफुकामा १४ सेटेम्बरमा र नागोया सहरमा १८ सेटेम्बरमा हुने महोत्सव राजधानी टोकियोमा भने १६ र १७ तारिख गरी दुई दिन हुने जानकारी आयोजकले गराए । महोत्सवमा सहभागिता जनाउन नेपालबाट गायिका मञ्जु पौडेल, पशुपति शर्मा र राधिका हमाल जापान जाने
भएका छन् । (सौस)

प्रतिक्रिया