अर्जेन्टिना शीर्षस्थानमा

ब्युनर्स आयर्स, २४ भदौ । फिफा वर्षखेलाडी लियोनल मेसीबाट प्रेरित अर्जेन्टिनाले सन् २०१४ को विश्वकप छनोट फुटबल प्रतियोगिताको अंकतालिकामा शीर्षस्थान हात पारेको छ । शुक्रबार राति भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई ३–१ ले पराजित गर्‍यो । अन्य खेलमा कोलम्बियाले उरुग्वेलाई ४–० ले पराजित गर्‍यो भने इक्वेडरले बोलिभियालाई १–० ले पराजित गर्‍यो । ६ खेलबाट अर्जेन्टिनाको १३ अंक छ । १२ अंक रहेको चिली दोस्रो तथा इक्वेडर तेस्रो स्थानमा रहेका छन् । उरुग्वे र इक्वेडरको ११ तथा कोलम्बियाको १० अंक छ । भेनेजुएलाको ८, बोलिभिया र पाराग्वेको ४ तथा पेरुको ३ अंक छ । बोलिभियाले ७ तथा पेरुले ३ खेल खेलेका छन् ।
अर्जेन्टिनालाई जित दिलाउने क्रममा एन्जेल डी मारिया र गोन्जाले हिगुइनले गोल गरे भने मेसीले
फ्री–किकमा सानदार गोल गरे । मेसीले आकर्षक
फ्री–किकमार्फत गोल गरे । अर्जेन्टिनाले घरेलु भूमिमा पाराग्वेसँग विश्वकप छनोटमा ३९ वर्षमा पहिलो जित हात पारेको हो । पाराग्वेका राड्रिगो बानले गोल गरे । घरेलु भूमिमा भएको खेलमा कोलम्बियाले राडेमाल फलकाओको गोलमा सुरुआती अग्रता लिएको थियो भने कप्तान टाउफिलो गुटिरेजले २ गोल गरे । अन्तिम समयमा रक्षक गुनिगाले कोलम्बियाको चौथो गोल गरे । हुवा अरान्जानको गोलमा अग्रता लिएको भेनेजुएलाको विरुद्धमा जेरफरसन फरफानले २ गोल गरे ।
नेदरल्यान्डको जित
युरोपमा नेदरल्यान्डले चार खेलको पराजयको शृंखलालाई पार गर्दै टर्कीमाथि २–० को जित हात पार्‍यो । रोविन भान पर्सीले १७औँ मिनेटमा अग्रता दिलाएको नेदरल्यान्डका लागि ५६आँै मिनेटमा हमिट एटमिल्टनले सानदार गोल गरे । नेदरल्यान्डसँगै अन्य महाशक्ति इंग्ल्यान्ड ,जर्मनी र फ्रान्सले जित हात पारे भने युरोपियन उपविजेता इटाली भने बुल्गेरियासँग २–२ गोलको बराबरीमा रोकियो । किंग्सटनमा भएको खेलमा जमैकाले अमेरिकालाई २–१ ले पराजित गर्‍यो । कान्काकाफ समूहको खेलमा जमैकाका लागि रुडोल्फ अस्टिन र सुटोन सेल्टनले गोल गरे । ड्वायन डे रोसेरोको गोलमा क्यानडाले पनामालाई १–० ले पराजित गर्‍यो ।
युरोपका अन्य खेलमा पोर्चुगलले लक्जेमबर्गलाई
२–१ ले पराजित गर्‍यो । इंग्ल्यान्डले मालडोभालाई ५–० ले पराजित गर्‍यो । फ्रान्सले फिनल्यान्डलाई १–० ले पराजित गर्‍यो । बोस्नियाले लिचेस्टाइनलाई ८–१ ले पराजित गर्‍यो ।

प्रतिक्रिया