दलहरूको सहमति सुस्तायो गति

काठमाडौं, २४ भदौ । संविधानका विवादित अन्तरवस्तु, राजनीतिक निकासको प्रक्रिया र सहमतीय सरकार गठनबारे भदौ मसान्तभित्रै सहमति खोजिसक्ने प्रतिबद्धता जनाएका प्रमुख तीन दलबीचको संवाद फेरि टुटेको छ । उल्टै नेताहरू आरोप/प्रत्यारोपमा उत्रिएका छन् ।

गत १६ भदौमा एमाले मुख्यालय बल्खुमा बैठक बसेयता प्रमुख दलहरूको बैठकसमेत बस्न सकेको छैन । बरु, एमाओवादीसहित सत्ताधारी दलहरूको संघीय लोकतान्त्रिक गठबन्धनले गरेको कार्यक्रम कांग्रेस–एमालेलगायत दलले बहिष्कार गरे ।
शीर्ष नेताहरू सहमतिको प्रयासभन्दा पार्टी काममै व्यस्त हुन थालेका छन् । उनीहरू कोही देशबाहिर र कोही काठमाडौंबाहिर लागेका छन् । कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पार्टी काममा काठमाडौं बाहिर छन्, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री डा.बाुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि शनिबार गोरखा पुगे । पत्थरीको अप्रेसन गरेर एमाले अध्यक्ष झलनाथ खनाल घरमै आराम गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका छन् ।
१६ भदौमा एमाले मुख्यालय बल्खुमा बसेको प्रमुख दलहरूको बैठकमा एमाओवादी अध्यक्ष दाहालले संविधानसभा पुन:स्थापना गरी सहमति भएका विषय समावेश गरेर संविधान जारी गर्ने, सहमति हुन नसकेका विषयमा नयाँ निर्वाचित हुने संसद्ले टुंगो लगाउने र संसद्ले पनि टुंगो लगाउन नसके जनमतसंग्रहबाट निकासमा पुग्ने प्रस्ताव राखेका थिए । संविधानका विवादित विषयमा सहमति गरी संविधानसभा पुन:स्थापना गर्न र सँगसँगै सहमतीय सरकार गठन गर्न सकारात्मक देखिएका दलहरू सहमति पहिले कि सरकार गठन पहिले भन्ने विवादमा अल्झेका छन् । यसअघि उनीहरूले राजनीतिक निकासका विषयमा गम्भीर संवादलाई निरन्तरता दिने बताउँदै आएका थिए ।
आफू ठूलो दलको अध्यक्ष हुनुको नाताले सहमतिका लागि पहल थालेको घोषणा गरेका एमाओवादी अध्यक्ष दाहाल स्वयंले पछिल्लोपटक प्रहरी प्रमुख नियुक्तितिर ध्यान केन्द्रित गरेका छन् । उनले र प्रधानमन्त्री भट्टराईले निकासका लागि प्रमुख दलहरूको बैठकलाई निरन्तरता दिनुको साटो सत्ता गठबन्धनका मधेसी दलहरूको बैठक बोलाएर आइजिपी नियुक्तिमा सहमति जुटाउने कोसिस अघि बढाएका छन् । दाहाल शुक्रबार पनि सत्ता गठबन्धन दलहरूकै बैठकमा थिए ।
प्रतिपक्षी कांग्रेस र एमालेले सत्ता गठबन्धनले तयार गरेको मोर्चालाई अस्वीकार गरे पनि दाहालले मोर्चाका तर्फबाट राजनीतिक छलफलसमेत गरे । दाहालले सरकारको नेतृत्वका विषयमा कांग्रेसभित्र रडाको रहेको बताउँदै कांग्रेसको आन्तरिक विवादले नै सहमतीय सरकारको विषय निकासमा नपुगेको आरोपसमेत लगाए ।
संविधानसभा विघटन हुनुको कारण दर्शाउँदै एमालेले जारी गरेको श्वेतपत्रको खण्डन गर्न पनि दाहालले यसबीचको समय खर्चेका छन् । एमाओवादी अध्यक्ष दाहाल दुई उपाध्यक्षसहित पार्टीको आन्तरिक कार्यक्रममा भाग लिन शनिबार गोरखा पुगेका थिए ।
त्यस्तै, कांग्रेसको आन्तरिक झगडाले सहमति नजुटेको बताउने एमाओवादी अध्यक्ष दाहाललाई कांग्रेस नेताहरूले पाल्पा पुगेर जवाफ दिएका छन् । पार्टीको पश्चिमाञ्चलस्तरीय कार्यशालामा भाग लिन सभापति कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति पौडेलसहितका शीर्ष नेता शुक्रबार पाल्पा पुगेका थिए । पाल्पा पुगेका कोइरालाले पहिले कांग्रेस नेतृत्वमा सहमतीय सरकार बनेपछि मात्रै अरू विषयमा सहमति हुन सक्ने बताए र एमाओवादीले सहमतिका नाममा पटक–पटक झुक्याएको घोषणा गरे ।
सभापति कोइरालाले सहमतिको सरकार नबनेसम्म एमाओवादीलाई विश्वास गर्न नसकिने ठोकुवा नै गरे । भट्टराईको सरकार रहेसम्म राजनीतिक निकासका विषयमा सहमति हुन नसक्ने अडान कांग्रेसको छ । पाल्पाको कार्यक्रम सकेर कांग्रेसका शीर्ष नेताहरू बाग्लुङ जाँदै छन् । उनीहरू २६ भदौमा मात्रै काठमाडौं फर्कने कार्यक्रम छ ।
एमाले अध्यक्ष खनाल पत्थरीको शल्यक्रिया गरी घरमै आराम गरिरहेका छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल देशबाहिर छन् भने अर्का नेता केपी शर्मा ओलीले निकासका विषयमा एमाओवादी अध्यक्ष दाहाल र कांग्रेस सभापति कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । ओलीले एमाओवादी अध्यक्ष दाहाल र कांग्रेस सभापति कोइराला दुवैसँग सरकार परिवर्तनबारे छलफल गरेको स्रोतले जनाएको छ । एमालेले श्वेतपत्र तयार गर्दै संविधान नबनीकन संविधानसभा विघटन हुनुको प्रुमख दोषी एमाओवादीलाई करार गरेको छ ।
राजधानीबाहिर रहेको कांग्रेस नेताहरूको टोली नफर्केसम्म प्रमुख दलहरूबीच छलफल हुने सम्भावना नरहेको एमाले अध्यक्ष खनालको भनाइ छ । ‘हामी त तयारै छौँ, कांग्रेसका नेताहरू राजधानीबाहिर हुनुहुन्छ,’ खनालले सौर्यसँग भने, ‘एमालेजस्तो एमाओवादी र कांग्रेस मुलुकको समस्याबारे गम्भीर देखिएन ।’
संविधानसभा विघटन भएको तीन महिनापछि प्रमुख दलहरू विघटनअघिकै विवादित अन्तरवस्तुमा सहमति जुटाउनेबारे छलफलमा पुन: जुटेका थिए । विवादित अन्तरवस्तुमा सहमति जुटाउने, छोटो समयका लागि संविधानसभा पुन:स्थापना गरी संविधान जारी गर्ने नयाँ चुनाव घोषणा गर्नेसहितको विकल्पबारे उनीहरूले छलफल चलाएका थिए । संविधानसभा पुन:स्थापनाको विकल्पमा जाने वा नयाँ निर्वाचनमा जाने भए पनि पहिले सरकार परिवर्तन हुनुपर्ने प्रतिपक्षी कांग्रेसको भनाइ रहँदै आएको छ । एमालेले पनि राजनीतिक संविधानका अन्तरवस्तुमा सहमति गरेर सहमतिपछि गर्ने पहिलो काम सरकार परिवर्तनलाई बनाएको छ ।

प्रतिक्रिया