‘मेरा स्तन ठूला’

बच्चा जन्माएर मोटाएकी हलिउड अभिनेत्री जेसिका सिम्पसन अहिले वजन घटाउने ध्याउन्नमा लागेकी छन् । यसै क्रममा उनले आफ्ना स्तन ज्यादै ठूला भएको बताएकी छन् ।
स्तन ठूला भएकाले आफूलाई कुद्न अप्ठेरो भएको उनको जिकिर छ । ‘जगिङ’ गरेर धेरैले वजन घटाउने गरेका भए पनि स्तन ठूला भएकैले राम्ररी ‘जगिङ’ गर्नसमेत नसकेको उनले उल्लेख गरेकी छन् । ३२ वर्षीया जेसिकाले भनिन्, ‘शरीरको वजन घटाउन म दैनिक ६० मिनेट कार्डियो एक्सरसाइज गर्दै छु । तर, मेरा स्तन यति ठूला छन् कि म राम्ररी दगुर्न पनि सक्दिनँ । त्यसैले हिँडेरै काम चलाइरहेकी छु ।’
जेसिका मे १ मा आमा भएकी थिइन् । सुत्केरीबाट तंग्रिएपछि खानपानमा होस पुर्‍याएर उनले वजनलाई सन्तुलनमा राख्ने कोसिससमेत गरिरहेकी छन् । यद्यपि, वजन घटाउन आफू अझै सफल हुन नसकेको उनको जिकिर छ । (एजेन्सी)

प्रतिक्रिया