इमरानसँग इशा

अभिनेत्री इशा गुप्ताको नाम पुन: अभिनेता इमरान हासमी र महेश भट्टसँग जोडिएको छ । ‘जन्नत २’ मा यी दुईसँग उनको नाम जोडिएको थियो, जुन फिल्म महेश भट्टले बनाएका थिए भने फिल्ममा उनीसँग इमरानले काम गरेका थिए ।
राज–३ मा भट्टले इमरान र इशालाई पुन: सँगै काम गराएपछि इमरान र भट्टसँग इशाको नाम पुन: जोडिएको हो । राज–३ ‘हरर’ फिल्म हो । अर्की अभिनेत्री विपाशा बसुले फिल्ममा आफूलाई असाध्यै सहयोग गरेको इशाले बताएकी छन् । विपाशासँग काम गर्दा ज्यादै रमाइलो भएको अनुभव उनी सुनाउँछिन् । (एजेन्सी)

प्रतिक्रिया