गृह–प्रवेश पूजा

बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपुरबीच लगनगाँठो अझै कसिएको छैन । तर, करिनालाई भित्र्याउने घरमा उनले गृह–प्रवेश पूजा गराइसकेका छन् ।
करिना र आफ्ना लागि उनले यस वर्षको आरम्भमै घर खरिद गरेका थिए । खरिद गरेको घरमा पूजा लगाउने ‘आइडिया’ पनि सैफ स्वयंकै हो । स्रोतले भन्यो, ‘१ सेप्टेम्बरमा उनीहरूको जोडीले पण्डित राखेर पूजा गरिसकेको छ । पूजामा उनीहरू निकटका दुई मानिस मात्रै उपस्थित थिए । नितान्त व्यक्तिगत कार्य भएकाले उनीहरूले धेरैलाई बोलाउन चाहेनन् ।’ पूजा भए पनि घर पूर्णत: तयार भइनसकेको जनाइएको छ ।
घरमा सानो ‘जिम हाउस’ बनाउने निश्चयसमेत गरेका छन्, सैफले । साथै, घरको माथिल्लो तल्लामा स्विमिङ पुल बनाउने तय भइसकेको छ । आरामदायी घरले उनीहरूको वैवाहिक जीवनलाई कत्तिको सहज बनाउने हो, त्यो हेर्न विवाहपछिका दिन पर्खिनै पर्ने हुन्छ । (एजेन्सी)

प्रतिक्रिया