कोरियाबको तेक्वान्दो सेमिनारमा नेपाली

काठमाडौं : वल्र्ड तेक्वान्दो फेडरेसनको जन्मभूमि दक्षिण कोरियामा १ देखि ४ सेप्टेम्बरमा भएको ‘सियोल–२०१२ तेक्वान्दो लिडर फोरम’ मा तीन नेपालीको सहभागिता रहयो । सहभागी हुनेमा नेपाल पुलिस क्लबका प्रशिक्षक कोंग योउन दाङ, एनआरएनका उपाध्यक्ष मास्टर राजु क्षत्री र मास्टर भजेन्द्रबहादुर क्षत्री सहभागी भए । राजु चौथो कोरियन ओपनका स्वर्णविजेता हुनुका साथै अन्तर्राष्ट्रिय रेफ्री पनि हुन् । मास्टर भजेन्द्र कोरिया ओपनका रजतपदक विजेता पनि हुन् ।

विश्व तेक्वान्दो हेडक्वार्टर कुकिवान र सोल नगरपालिकाको संयुक्त आयोजनामा तेक्वान्दो दिवसको अवसरमा उक्त सेमिनार भएको थियो । सेमिनारमा ५३ देशका १५४ जनाको सहभागिता थियो । सेमिनारमा पुम्से गेरुगी र टेक्निक सिस्टमबारे छलफल भएको थियो ।
४ सेप्टेम्बरका दिन तेक्वान्दो दिवसको अवसरमा कोरियाली संस्कृति, पर्यटन तथा खेलकुदमन्त्री चोइ क्वांग सिकईको मुख्य आतिथ्यमा समापन कार्यक्रम भएको थियो । (सौस)

प्रतिक्रिया