सत्ताका लागि अपवित्र गठबन्धनः केसी

चितवन, २१ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाओवादी र तराई केन्द्रित राजनीतिक दलका बीच सत्ता लम्ब्याउन अपवित्र गठबन्धन भएको बताएका छन् ।
चितवनमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सत्ताका लागि भएको अपवित्र गठबन्धनले मुलुकलाई नोक्सानी गर्ने बताए । उनले भने, ‘निकासका लागि राजनीतिक सहमतिको विकल्प छैन ।’
उनले शतप्रतिशत समय थप गर्दा समेत नबनेको संविधान संविधानसभा ब्यँुताएर बन्न नसक्ने बताए । उनले संविधानसभा व्यूताउनुको कुनै अर्थ नहुने पनि उल्लेख गरे ।
अध्यक्ष केसीले एमाओवादी, मधेसवादी र जातिवादीको हठका कारण संविधान बन्न नसकेको बताए ।

प्रतिक्रिया