मूल्य बृद्धि विरुद्ध चक्का जाम

काठमाडौं, २१ भदौं । विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनहरुले आज राजधानीलगायत मुलुकभरी एक घण्टा चक्का जाम गरेका छन् ।
चक्का जामका कारण राजधानीको सवारी आवागमन केही समय प्रभावित भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
कामचलाउ सरकारले पेट्रोलियम पदार्थमा भारि मूल्य बृद्धि गरेपछि विपक्षी दल सम्बद्ध युवा÷विद्यार्थीले सडक संघर्ष गर्दै आएका छन् । उनीहरुले बृद्धि भएको मूल्य फिर्ता गर्न दबाव दिन संघर्ष गरेको जनाएका छन् ।
चक्का जाम विहान नौं देखि दस बजे सम्म भएको थियो ।
राजधानीका रत्नपार्क, पद्मोदय मोड पुतलीसडक, लैनचौर, कालीमाटी, बल्खु, नयाँ बानेश्वर, चाबहिल, मैतीदेवीलगायतका प्रमुख चोकमा चक्काजाम गरिएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
नेपाल आयल निगमलाई घाटा भएको भन्दै सरकारले यसै साता मट्टितेल, डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसमा भारि मूल्य बृद्धि गरेको थियो ।
यसैवीच, नेविसंघले आयुर्वेद क्याम्पस कीर्तिपुरका आफ्ना नेताहरुलाई सांघातिक आक्रमण गर्ने अखिल क्रान्तिकारीका कार्यकतालाई कारबाहीको माग गरेको छ ।
प्रवक्ता लामिछानेका अनुसार दोषीलाई कारबाही नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रतिक्रिया