पथप्रदर्शकको तलब बढ्ने

काठमाडौं : टुरिस्ट गाइड एसोसिएसन अफ नेपालले पर्यटक पथप्रदर्शक (गाइड) को पारिश्रमिक वृद्धि गर्ने निणय गरेको छ । सन् ०१३ जनवरी १ देखि लागू हुने गरी हाल खाइपाइ आएको पारिश्रमिकमा सरदर २२ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको सो संस्थाले जनाएको छ ।

नयाँ पारिश्रमिक लागू भएपछि दुईजना पर्यटकलाई आधा दिन घुमाएबापत एक हजार, तीनदेखि १० जनालाई घुमाएबापत एक हजार चार सय तथा ११ देखि २० जना घुमाएबापत एकजना गाइडले एक हजार ५ सय पारिश्रमिक पाउनेछन् । एक्काइसभन्दा माथिको संख्यामा रहेका पर्यटक घुमाएबापत एक गाइडले आधा दिनको एक हजार ७ सय प्राप्त गर्ने छ । अंग्रेजीबाहेक पर्यटकको मातृभाषा जान्ने पथप्रदर्शकलाई पर्यटक संख्या रहने समूहका आधारमा अतिरिक्त पारिश्रमिकको व्यवस्था गरिएको छ । पर्यटक घुमाउने सम्बन्धित देशको मातृभाषा बोल्ने गाइडले अतिरिक्त पारिश्रमिक पाउने व्यवस्था मिलाइएको एसोसिएसनले जनाएको छ । त्यसैगरी एउटा गाइडले पर्यटक लिएर जाँदा राजधानीबाहिर नै बास बस्नुपरेमा ट्राभल एजेन्सीबाट खाना र बस्ने व्यवस्था भएमा प्रतिदिन दुई हजार तथा अन्यथा दुई हजार पाँच सय प्राप्त गर्न सक्ने व्यवस्था रहेको एसोसिएसनका अध्यक्ष हरेराम बरालले बताए । नेपालमा सरकारी निकायको समन्वयमा सञ्चालन गरेको प्रतिष्ठानबाट तालिम प्राप्त गर्ने गाइडको संख्या तीन हजार पाँच हजार रुपियाँ रहेको छ । (सौस)

प्रतिक्रिया