‘भाङ नखाने शिवजी पाए बिहे गर्छु’

एक दिनका लागि प्रधानमन्त्री बन्ने अवसर पाए ? 

सबैभन्दा पहिला रातारात महँगिएको पेट्रोलको भाउ घटाउँथेँ । विस्तार भइरहेको सडक निर्माण कार्यलाई निरन्तरता दिन्थेँ । अनि, महिलाको हितमा काम गर्थें ।
आकाशबाट जून र तारा लिन आए कोसँग जानुहुन्छ ?
म जून र तारालाई छाडेर घामको प्रतीक्षामा रहन्थेँ । जबसम्म घाम आकाशबाट लिन आउँदैन त्यति बेलासम्म कुरेर बसिरहन्छु ।
एक जनालाई चन्द्रमामा लिएर जान पाए कसलाई लैजाने ?
चन्द्रमामा पहिल्यै पुगेर आएका स्व. निल आर्मस्ट्रङलाई लिएर जान्थेँ । उहाँलाई लिएर जाँदा चन्द्रयात्रा सार्थक हुन्छ जस्तो लाग्छ ।
चेपाङ समुदायको उत्थानका लागि सरकारले तपाईंलाई सद्भावनादूत बनायो भने ?
सबैभन्दा पहिला चेपाङ समुदायलाई शिक्षित बनाउन लागिपर्छु । उनीहरूको उत्थानमा सहयोग पुग्ने किसिमका फिल्म निर्माणमा लाग्छु ।
चेपाङ समुदायमा घुलमिल हुँदा त्यही समुदायका कुनै युवासँग मायाप्रीति बस्यो भने ?
मायामा कुनै सीमा हुँदैन । समाज र परिवारकै अगाडि चेपाङ समुदायका केटासँग विवाह गर्छु ।
यस वर्षको तीजमा शिवजस्तै वर पाए बिहे गर्ने ?
शिवजीजस्तै वर पाए त सोच्नै पर्ला । तर, घाँटीमा सर्प नबेर्ने, भाङधतुरो नखाने, बाघको छालामा नसुत्ने केटो हुन पर्‍यो, पक्कै बिहे गरिन्छ ।
विवाहपछि पतिले सेक्स सम्बन्ध राख्न मानेनन् भने नि ?
नो कमेन्ट †

प्रतिक्रिया