मूल्य बृद्धि विरुद्ध प्रदर्शन

काठमाडौं, १९ भदौं । पेट्रोलिय पदार्थमा भएको भारि मूल्य बृद्धिको बिरोधमा नेकपा–माओवादीले आज राजधानीमा प्रदर्शन गरेको छ ।
नेकपा–माओवादीका जनवर्गीय संगठनहरुले रत्नपार्क, बागवजारलगायतको क्षेत्रमा विरोध जुलुस सहित प्रदर्शन गरेका हुन् । बृद्धि भएको मूल्य फिर्ता गर्न माग गरेका उनीहरुले सरकारले सर्वसाधारण जनताको ढाड सेक्ने काम गरेको आरोप लगाए ।
उनीहरुले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्ध चर्का नारावाजी समेत गरेका थिए ।
सरकारले मट्टितेल, डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्याँसमा भारि मूल्य बृद्धि गरेपछि चौतर्फि विरोध सुरु भएको छ ।
प्रदर्शनका कारण केही समय सवारी आवागमत प्रभावित समेत भएको थियो ।

प्रतिक्रिया