जंगली च्याउ खाएर छ जना असक्त

चितवन, १९ भदौ । चितवन जिल्लामा जंगली च्याउको तरकारी खाँदा छ जना विरामी परेका छन् ।
पटीहानी–४ बस्ने पूर्ण बहादुर विकको घर परिवारका ६ जना गएराति विरामी परेका हुन् । उनीहरु जंगली च्याउ खाए पछि असक्त भएको प्रहरीले जनाएको छ ।
विरामी परेका उनीहरुलाई उपचारका लागि भरतपुर अस्पतालमा लगिएको छ । विरामी मध्ये २ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया