सात दिन भित्र उपस्थित हुन आदेश

काठमाडौ, १८ भदौ । सर्वोच्च अदालतले प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल सरकारकामुख्य सचिव लीलामणी पौड्याललाई वारेसे मार्फत र सिंचाईमन्त्री महेन्द्र यादव तथा सचिव प्रताव पाठकलाई स्वयं ७ दिन भित्र लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको छ ।
पूर्व सिंचाई सचिव बिन्दा हाडालाई महालेखा परिक्षक हुँदै प्रधानमन्त्री कार्यालयमा सरुवागर्ने मन्त्रिपरिषद निर्णय तत्तकाललाई कार्यान्वयन नगर्न दिएको आदेश सरकारले उलंघन गरेको भन्दै सर्वाेच्चले यस्तो आदेश दिएको हो ।
अदालतको अवहेलना गरेको प्रारम्भीक ठहर गर्दै सर्वाेच्चले उनीहरुलाई लिखित जवाफ सहित उपस्थित हुने आदेश दिएको छ ।
न्यायाधीश ताहिर अलिअन्सारीको एकल इजलासले सो आदेश दिएको हो ।

प्रतिक्रिया