मूल्य बृद्धि बिरुद्ध युवा/विद्यार्थी सडकमा

काठमाडौं, १८ भदौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा विपक्षी दल सम्वद्ध युवा/विद्यार्थीले अल्टिमेटम सहित संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
काठमाडौंमा आज बसेको युवा/विद्यार्थीको बैठकले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोधमा उपत्यका बन्द सम्मका कार्यक्रम सार्वजनिक गरेका हुन् । उनीहरुले मूल्य बृद्धि फिर्ता नगरे बन्द सम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।
बैठकले मंगलबार कामचलाउ सरकारका प्रधानमन्त्री र आपूर्तिमन्त्रीलाई चेतावनी पत्र दिएर मूल्य बृद्धि फिर्ताको माग गर्ने निर्णय गरेको युवा संघ नेपालका महासचिव निरज आर्चायले जानकारी दिए ।
अल्टिमेटमको समयमा माग पुरा नभए युवा÷विद्यार्थीले भदौं–२० गते देशैभरि सडकमा खुल्ला बहस गर्ने, २१ गते क्याम्पस अगाडि चक्का जाम गर्ने, २२ गते सरकारी र भारतीय नम्वर प्लेटका सार्वजनिक सवारी साधन चल्न नदिने, २३ गते मसाल जुलुस तथा २४ गते उपत्यका बन्दको कार्यक्रम राखेको महासचिव आर्चायले बताए ।
सरकारले आइतबारदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थमा भारि मूल्य बृद्धि गरेपछि विपक्षी दल सम्बद्ध युवा/विद्यार्थीले सडक संघर्ष गर्ने निर्णय गरेका हुन् ।
भदौं–२१ गते युवा/विद्यार्थीले उच्चस्तरीय राजनीतिक बैठक गरेर मुलुकको गतिरोध अन्त्यका लागि दबाव दिन संघर्षका कार्यक्रम सार्वजनिक गर्ने समेत निर्णय गरेका छन् ।

प्रतिक्रिया