मापदण्ड पुरा गर्न नसक्नेलाई पनि रकम

काठमाडौं, १८ भदौं । माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापना सम्बन्धी विशेष समितिले भदौं तेस्रो सातादेखि शिविरमा रहेका लडाकुको भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
काठमाडौंमा आज बसेको समितिले बैठकले भदौ–२१ गतेदेखि सुरु हुने भर्ना प्रक्रियाका क्रममा मापदण्ड पुरा गर्न नसक्ने लडाकुलाई एकमुष्ट रकम दिने निर्णय गरेको कांग्रेस नेता तथा समिति सदस्य रामशरण महतले जानकारी दिए ।
समितिले भर्ना प्रक्रियाका क्रममा नेपाली सेनाको मापदण्ड पुरा गर्न नसक्ने लडाकुलाई रकम दिएर अवकासमा पठाउने निर्णय गरेको हो ।
अवकास रोज्ने लडाकुलाई समितिले दर्जा अनुसार ५ देखि ८ लाख रकम दिएको थियो । अवकासमा गएका लडाकुलाई दोस्रो किस्ताको रकम पनि कार्तिक–१५ मा दिने निर्णय गरेको महतले बताए ।
यसैवीच, शिविरमा भएको भ्रष्टचारका बारेमा सदस्यहरुले आवाज उठाए पछि प्रधानमन्त्री समेत रहेका समिति संयोजक बाबुराम भट्टराईले छानविनको आश्वासन दिएका छन् । भट्टराईले शिविरको भ्रष्टाचारका बारेमा छानविन गर्न आफू सकारात्मक रहेको जवाफ दिएका हुन् ।

प्रतिक्रिया