तीजविशेषमा सम्मान हुने

काठमाडौं : हिन्दू नारीको महान् पर्व तीज नजिकिएपछि ‘तीज–विशेष’ कार्यक्रम धमाधम हुन थालेका छन् । यसै क्रममा मध्यपश्चिमाञ्चल सांस्कृतिक समूहले राजधानीमा चर्चित गायिकाहरूको सांगीतिक प्रस्तुति रहने ‘तीज–विशेष २०६९ सम्मान’ कार्यक्रम गर्ने भएको छ । २२ भदौमा आयोजना गरिने कार्यक्रममा गायिका राधिका हमाल, टीका पुन, लीलावती बुढा, चन्द्रकला राईलगायतको संगीतिक प्रस्तुति रहनेछ । अनुराधा कोइरालाको प्रमुख आतिथ्य रहने सो कार्यक्रममा लोकगायिका कोमल ओलीलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । (सौस)

प्रतिक्रिया