सिन्दूर उपत्यकामा भित्रिने

काठमाडौं : नारीहरूको कथालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्र सिन्दूर आगामी २२ भदौबाट उपत्यका भित्रिने भएको छ । उपत्यकाबाहिर व्यावसायिक सफलता हात पारिरकेको चलचित्रलाई नारी पर्व तीजकै अवसर पारेर काठमाडौं भित्र्याइन लागेको निर्देशक गाविन्द गौतमले बताए । सिन्दूरको रक्षाका खातिर एउटी नारीले जे पनि गर्न सक्छे भन्ने सन्देश चलचित्रले बोकेको उनले खुलाए ।
उपत्यकाका १८ वटा हलबाट प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्र जुपिटर फिल्मस् प्रोडक्सन प्रालिका लागि निर्माता राधेश्याम राई र प्रस्तुतकर्ता सरिता ढुंगानाले संयुक्त रूपमा निर्माण गरेका हुन् । विराज भट्ट, सुनीलदत्त पाण्डे, तृप्ति नाडकर, जेनिसा केसी, कुशल थापा, नन्दु श्रीवास्तव, स्नेहा शर्मा, लक्ष्मी गिरी, विनोद राई आदि मुख्य भूमिकामा छन् । चलचित्रको लेखन पनि निर्देशक गौतमकै छ भने संगीत विकास चौधरी, द्वन्द्व रोशन श्रेष्ठ र नृत्यनिर्देशन गोविन्द राईको छ । (सौस)

प्रतिक्रिया