हत्यामा संलग्न पाँच पक्राउ

काठमाडौं, १८ भदौ । भक्तपुरमा विद्यालयका प्रिन्सिपलसहित दुई व्यक्तिको हत्यामा संलग्न पांचजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।

केही साताअघि भक्तपुरमा २९ वर्षीय सुजन पौडेल र २३ वर्षीया विद्या साखकर्मीको लुटपाटका क्रममा हत्या भएको थियो । पक्राउ पर्नेमा भक्तपुर–मग्वैका १८ वर्षीय डब्लु भन्ने सुजन सैजु, भक्तपुर–१ तैलाहीका २० वर्षीय रुकेश कुसी, भक्तपुर– तिलांगिका १९ वर्षीय निरन मानन्धर, भक्तपुर–४ क्वाथोन्दोका १९ वर्षीय मन्त्री भन्ने रविन मुस्याखो, भक्तपुर–४ थाथुलाका १८ वर्षीय आलु भन्ने किरण सुवाल र भक्तपुर कमलविनायकका २१ वर्षीय अनिल साखकर्मी रहेका छन् ।
उनीहरूले भक्तपुर ताथली–इथुलीमा गत १५ साउनमा मोटरसाइकलमा सवार पौडेल र साखकर्मीलाई छुरा, मोटरसाइकलको सक, बाासको भाटा तथा इँटा प्रहार गरी हत्या गरेका थिए । उनीहरूले पौडेलको पर्स तथा मोबाइलसमेत लुटेका थिए ।
हत्या गरिएका पौडेल पोखरा–१६ का हुन् । नियोलोजन एकेडेमी र भक्तपुर इंग्लिस स्कुलमा आबद्ध पौडेल कौसलटार बस्दै आएका थिए । दुई वर्षदेखि एकेडेमीमा आबद्ध पौडेलले घटना भएको एक साताअघि मात्रै प्रिन्सिपलको जिम्मेवारी पाएका थिए । उनी एकेडेमीका व्यवस्थापन समितिका सदस्यसमेत थिए ।
साखकर्मी भने भक्तपुर–५ नागपोखरीकी हुन् । उनी नियोलोजिन एकेडेमीमा एक वर्षदेखि लेखापालका रूपमा कार्यरत थिइन् । उनी ख्वप कलेज भक्तपुरमा व्यवस्थापनमा स्नातक तहका विद्यार्थी पनि हुन् ।
बा.२५प५१८ नम्बरको कालो पल्सर मोटरसाइकलमा घर जाादै गरेका उनीहरूलाई बाटो ढुकिरहेका युवाहरूले साढे सात बजेको समयमा मोटरसाइकल रोकी हत्या गरेका थिए  । प्रहरीका अनुसार उनीहरू ताथलीस्थित बिएम इँटा भट्टाका मालिकलाई लुट्ने उद्देश्यले घटनास्थलमा पुगी बाटो ढुकिरहेका थिए । भट्टाका मालिक पहिले नै गइसकेको खबर पाएपछि उनीहरूले मोटरसाइकलमा सवार पौडेल र साखकर्मीलाई लुट्ने उद्देश्यले प्रहार गरेका थिए । महाशाखाका प्रमुख एसएसपी देवेन्द्र सुवेदीले योजना फेल भएको थाहा पाएपछि अवेगमा उनीहरूले हत्या गरेको बताए । उनले भने, ‘उनीहरू आपराधिक मनोवृत्तिका देखिन्छन्, उनीहरूको लुट्ने योजना अर्कै व्यक्तिलाई थियो तर योजना विफल भएपछि उनीहरूले पौडेल र साखकर्मीको हत्या गरे ।’
प्रहरीका अनुसार उनीहरूले भट्टाका मालिकलाई लुट्ने योजना एक दिनअघि बनाएका थिए । घटनाका मुख्य योजनाकार डब्लु भनिने सुजन सैजु हुन् । भट्टामा काम गर्ने सुन्दर सैजुले दाजु सुजनलाई ‘साहुले पैसा लिएर राति आउाछ तपाईंहरूले उसलाई लुट्नुपर्छ’ भनेर उक्साएपछि उनले योजना तयार पारेका थिए । योजनाअनुसार अन्य सातजना सहयोगीका साथ ७ बजे नै घटनास्थल पुगिसकेका थिए । केहीबेरको कुराइपछि सुजनले भाइ सुन्दरसाग साहु हिँडे/नहिँडेको जानकारी फोनबाट लिएका थिए । साहु अघि नै निस्किसकेको जानकारी पाएपछि लुट्ने योजना असफल हुन पुगेको थियो । त्यही झोंकमा उनीहरूले बाटो हिाडिरहेका पौडेल र साखकर्मीलाई अन्धाधुन्ध प्रहार गरी हत्या गरेका थिए ।
प्रहरीका अनुसार रुकेशले बांसको भाटा प्रहार गरेका थिए । निरनले इँटा तथा ढुंगाले हानेका थिए । मोटरसाइकलको सकले प्रहार गर्ने रविन हुन् भने किरणले छुरा प्रहार गरेका थिए । अनिलले भने दुई हजार रुपैयांमा मृतक पौडेलको मोबाइल खरिद गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुईजना अझै फरार छन् ।

प्रतिक्रिया