देउवासँग स्पष्टिकरण सोध्नु पर्छः कोइराला

बुटवल, १७ भदौ । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको बहुमत निर्णय सबैले मान्नु पर्ने बताउँदै नमान्नेलाई स्पष्टिकरण सोध्नुपर्ने बताएकी छन् ।
नेपाल प्रेस युनियनले आज रुपन्देहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सभापति सुशील कोइराला विरुद्ध वरिष्ठ नेता शेरबहादुर देउवाले गालीगलौज गर्न नहुने बताईन् ।
‘सभापतिलाई गाली गर्दै हिँड्नु हुँदैन,’ उनले भनिन्, ‘पटक÷पटक प्रधानमन्त्री भएको व्यक्तिले यस्तो गर्नु पार्टीको लागि राम्रो हुँदैन ।’
सभापति कोइरालाका विरुद्ध गतिविधि गरेर एक्लै हिँडेर पार्टीलाई केही असर नपर्ने बताएकी उनले भनिन्, ‘वरिष्ठ नेता शेरबहादुर देउवा जीसँग स्पष्टीकरण सोध्नु पर्छ ।’
उनले कांग्रेस नेतृत्वमा सहमतीय सरकार बन्ने अवस्था आएमा पार्टीले प्रधानमन्त्रीको उम्मेदवार प्रजातान्त्रिक प्रक्रियाबाटै टुङगाउने बताईन् ।
‘प्रजातान्त्रिक पार्टीमा विभिन्न विचार रहनु स्वभाविकै हो,’ उनले भनिन्, ‘प्रधानमन्त्रीको उम्मेदवारी चयनको विवाद सामान्य हो ।’

प्रतिक्रिया