दलहरुले गल्ती स्वीकार गर्नु पर्छः कोइराला

काठमाडौं, १६ भदौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पछिल्लो समय दलहरुका वीच केही भए पनि विश्वासको वातावरण बनेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले विश्वासको वातावरण निर्माण हुँदै आएकाले आफू निकास आउनेमा केही आशावादी रहेको बताए । ‘दलहरुका वीच गम्भीर रुपमा छलफल चलेको छ,’ उनले भने, ‘२÷३ दिनमा गतिरोध अन्त्य भई निकास आउँछ ।’
विश्वासको संकटका कारणनै समस्या आएको दोहराएका उनले विश्वासको वातावरण बनाउन कामचलाउ सरकारले पद त्याग गर्नुपर्ने बताए । ‘कामचलाउ भईसकेका प्रधानमन्त्री बाबुराम भट्टराईले मैले पद त्याग गरे भन्नु पर्छ,’ उनले भने, ‘अनि मात्रै सहमतिका लागि विश्वासको वातावरण बन्छ ।’
सहमति, एकता र सहकार्यनै निकासको एक मात्र बिकल्प रहेको बताएका कोइरालाले सबै दलहरुले आ–आफ्ना तर्फबाट कुन स्थानमा गल्ती भएको छ भनेर ध्यान दिनुपर्ने बताए । उनले भने, ‘दलहरुले आ–आफ्ना गल्ती महशुस गरेकाले निकास आउने संकेत देखिएको छ ।

प्रतिक्रिया