रुद्राक्षमा लेनदेनमा नमिले पछि झगडा

काठमाडौं, १५ भदौ । रुद्राक्षको व्यापारमा रकम लेनदेनमा कुरा नमिले पछि काठमाडौंको ताहचलमा दुई समूह वीच झगडा भएको छ ।
ताहाचलस्थित अमर होटेलमा भारत हरिद्धार नन्दविहार घर भएका ४३ वर्षीय पवन अहुजा र काठमाडौंमा बस्ने केही युवावीच रुद्राक्षको रकमलाई लिएर झगडा भएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक आहुजा सहित शंखुवासभा जिल्ला खाँदवारी–६ घर भई हाल काठमाडौं काँडाघारी बस्ने ३० वर्षीय नवीन प्रकाश गुरूङ, मोरङ जिल्ला डाँगिहाट–५ घर भएका २० वर्षीय सुरेश लम्साल र भोजपुर जिल्ला पिङगला–१ घर भएका ३८ वर्षीय आनन्द लम्साल रहेका छन् ।
रूद्राक्षको व्यापारका बिषयमा लेनदेनमा कुरा नमिले पछि उनीहरुका वीच झगडा भएको थियो ।

प्रतिक्रिया