संविधानका विवादित विषयमा सहमति खोजिने

काठमाडौं, १५ भदौं । प्रमुख तीन दलका शीर्ष नेताहरुले संविधानका विवादित विषयमा सहमति खोज्ने निष्कर्ष निकालेका छन् ।
काठमाडौंमा आज बसेको एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले जेठ–१४ गते अगावै बाँकी रहेका संविधानका विवादित विषयमा सहमति खोज्ने निर्णय भएको हो ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानका बाँकी रहेका विवादित विषयमा सहमति खोजिने बताए । ‘छलफल सकारात्मक र गम्भीर रुपमा भएको छ,’ उनले भने, ‘छलफल गरेर संविधानका विवादित विषयमा सहमति खोज्छौं ।’
दलहरुले संविधानका विवादित विषयमा पार्टीमा आन्तरिक छलफल गरेर शनिबार पुनः बस्ने बैठकमा परामर्श गर्ने छन् । उनीहरुले विवादित विषयलाई सूचिकृत गर्ने समेत जनाएका छन् ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, अमिकशेरचन, कांग्रेस सभापति सुशील कोइराला, महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमको सहभागिता रहेको थियो ।
दैनिक सरह छलफल गर्न पुनः थालेका प्रमुख दलहरुले भदौं महिना भित्र निकास निकाल्ने जनाएका छन् ।
दलहरुका वीच राज्य पुनःसंरचना, शासकीय स्वरुपलगायतमा मतभेद रहेको छ ।

प्रतिक्रिया