भिओआइपी तीन सञ्चालक पक्राउ

काठमाडौं, १४ भदौ । काठमाडौंको मनमैंजु–८, शान्तिटोलमा अबैध रुपमा भिओआइपी सञ्चालन गर्ने बंगलादेशी नागरिक सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय शंखनारायण महर्जनको घरमा डेरा लिई अवैध रुपमा भिओआइपी सञ्चालन गर्ने धादिङ जिल्ला कटुञ्जे–८ घर भएका २५ वर्षीय सबिन तामाङ, आवश्यक उपकरणहरु उपलब्ध गराउने सहयोगी बङ्गलादेशी नागरिकहरु नुरुल आलम र मोहम्मद माझारुल इस्लामलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले भिओआइपीमा प्रयोग गरिएका सिमकार्डहरु ३८ थान, जीओआइपी ८ पोर्ट भएको डिभाइसहरु ३ थानलगायतका विभित्र उपकरणहरु पनि प्रहरीले नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया