बोक्सीको आरोपमा महिलालाई कुटपिट

रौतहट, १४ भदौ । बोक्सीको आरोपमा रौतहटको कनकपुर गाविस वडा नम्वर ६ निवासी एक महिलालाई निर्घात कुटपिट भएको छ ।
बोक्सीको आरोपमा स्थानीयले ३७ बर्षीया तितरीदेवी कुशवाहालाई निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट तितरीदेवी गम्भीर घाइते भएकी छन् ।
कुटपिटका कारण उनको पाठेघर र टाउकोमा गम्भीर चोट लागेको छ । उपचारका लागि उनलाई अस्पतालमा भर्ना गरिएको छ ।
स्थानीय हरि महतो, श्रीचन्द्र कुशवाहा, गीतादेवी कुशवाहा, सुमित्रादेवी कुशवाहालगायतले स्थानीय रामबाबु कुशवाहाकी छोरी रन्जु कुशवाहालाई टुनामुना गरेको आरोपमा तितरीदेवीलाई कुटपिट गरेको पीडितले बताईन् ।
यस अघि पनि बोक्सीको आरोप स्थानीयले आफ्नी पत्नीलाई पटक पटक दुव्र्यवहार गर्ने गरेको पति तुलसी महतोले बताए ।

प्रतिक्रिया