करिनाको सप्र्राइज

नयाँ दिल्ली : नायिका करिना कपुरले चलचित्र हिरोइनको टिमलाई ‘सप्र्राइज’ दिएकी छन् । उनको सप्र्राइजले निर्माता एवं निर्देशक मधुर भण्डारकरलगायत सबै जना अचम्म परे । चलचित्रको डबिङ हुँदै थियो । करिनाले एकछिन सबैलाई काम रोक्न आग्रह गरिन् । केहीबेरमा एउटा केक निकालिन्, अनि भण्डारकलाई भनिन्, ‘ह्याप्पी बर्थ डे †’ बल्ल मधुरले सम्झिए आफ्नो बर्थडे रहेछ । यो सप्र्राइज दिन करिनासँग चलचित्रका अन्य केही सदस्य पनि मिलेका थिए । मधुरले गत आइतबार आफ्नो ४३औँ जन्मदिन मनाएका हुन् । ‘मैले यसभन्दा पहिलेका बर्थडे परिवारसँग बिताउने गरेको थिएँ’, मधुरले भने, ‘यसपालि त भुसुक्कै बिर्सिएछु, करिनाले मलाई गज्जबले सप्र्राइज गरिन् ।’ (एजेन्सी)

प्रतिक्रिया