प्रहरी र तस्करबीच गोली हानाहान

पर्सा, ११ भदौ । पर्सा जिल्लाको मिर्जापुर गाविसमा गाँजा तस्कर र सशस्त्र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ ।
गाँजा लिएर भारततर्फ जाँदै गरेका तस्कर र प्रहरी टोलीबीच आज विहान १ बजे दोहोरो गोली हानाहान भएको प्रहरीले जनाएको छ । गस्तीमा रहेका प्रहरीलाई तस्करले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको मिर्जापुरका प्रहरी सहायक निरीक्षक वासु खड्काले जानकारी दिए ।
प्रहरीले १३ राउण्ड हवाइ फायर गरेको थियो । तस्करहरुका तर्फबाट पनि नौ राउण्ड फायर भएको छ ।
दोहोरो गोली हानाहानमा मानवीय क्षति भएको छैन । प्रहरीले एक क्विन्टल ५० किलोग्राम गाँजा बरामद गरेको छ ।
यसैवीच, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयले भिस्वा–३ का स्थानीय मडल मियाँलाई तीन किलो चरेशसहित पक्राउ गरेको छ ।

प्रतिक्रिया