दुई भाषामा एउटै चलचित्र

काठमाडौं : एउटै चलचित्र नेपाली र मैथिली दुई भाषामा निर्माण हुने भएको छ । हिरो फिल्म्स प्रालिले नेपालीमा मेरो मायाको चिनो र मैथिलीमा हमार प्रेमक पहिचान शीर्षक राखी चलचित्र बनाउने भएको हो ।
चलचित्रमा रामकाजी घिमिरे, उत्तम केसी, सुवास गजुरेल, रामकुमार, जानभी पौडेल, सबनम शर्मा, बबी श्रेष्ठ, राजेन्द्र यादवलगायत कलाकारले अभिनय गर्नेछन् । प्रेमकथालाई विषय बनाइएको यो चलचित्र भारतमा पनि प्रदर्शन गरिने र भाषाका कारण समस्या नहोस् भनेर दुवै भाषामा बनाउन लागिएको निर्देशक रामकुमार सिंहले जानकारी गराए । उनले भने, ‘आवश्यक परे अंग्रेजीमा सब टाइटल पनि राख्छौँ ।’
विनय केटु आदर्शको संगीत, कैलाश मण्डलको छायांकन, सुजित विकको नृत्य, हरेराम मिश्रको प्रस्तुति रहने चलचित्र नेपाल र भारतका विभिन्न ठाउँमा छायांकन गरिने निर्माणसमूहले बतायो । (सौस)

प्रतिक्रिया