नेपाललाई गोलको वर्षा

नयाँदिल्ली, ११ भदौ । नेहरूकप फुटबल प्रतियोगितामा नेपाली टोलीले क्यामरुनसँग शर्मनाक हार व्यहोरेको छ । आइतबार जहवारलाल नेहरू रंगशालामा भएको खेलमा विश्वकपको समेत अनुभव बोकिसकेको क्यामरुनसँग ५–० को फराकिलो अन्तरले पराजित भयो । यसअघि नेपाल माल्दिभ्ससँग २–१ ले पराजित भएको थियो । ७० प्रतिशतभन्दा बढी बल पोसेसन भएको क्यामरुनको विरुद्धमा नेपालले एउटा पनि आक्रमण गर्न सकेन ।
क्यामरुनका लागि एमांगा बर्टिनले दुई गोल गरे । यसैगरी कोलोग्नी भिग्नीले दुई गोल गरे भने जोसेफ मोमासोले एक गोल गरे । नेपालमाथि अत्यधिक दबाब दिएको क्यामरुनले एउटा राम्रो गोल गर्‍यो भने अन्य चार गोल नेपाली रक्षक र गोलरक्षकले उपहारको रूपमा दिएभँैm देखिन्थ्यो । १३आँै मिनेटमा रीतेशले बायाँबाट आएको क्रसलाई नियन्त्रणमा लिन नसक्दा भिक्नीले हेडगोल गरे । भिग्नीको प्रहारलाई रोक्न रोहितले प्रयास गरे पनि त्यो सफल भएन । पहिलो हाफको अन्तिम मिनेटमा सागर थापाले डरलाग्दो गल्ती गरेपछि बर्टिनले नजिकैको दूरीबाट गोल गरे । दोस्रो हाफको सुरुआतमै क्यामरुन निश्चित गोलको नजिक पुगे पनि भरत खवासले गोललाइनबाट बल क्लियर गरे । ६१आँै मिनेटमा क्यमरुनले बनाएको उत्कृष्ट मुभमा सभग्नीले हेडगोल गरे । ६६आँै मिेनटमा बर्टिनले गुडाएको बल पनि रीतेशले रोक्न सकेनन् । ७७आँै मिनेटमा एलेन डाउडुको प्रहारलाई वैकल्पिक गोलरक्षक विकास कुथुले बचाए पनि रिबाउन्डमा मोमासोले गोल गरे ।
खेलमा मध्यपंक्तिमा ध्यान दिएको नेपालका निराजन खड्का सफल देखिएनन् भने रूपेश केसीले पनि केही मिस पास गरेपछि नेपालको खेल झनै खस्किएको थियो । विश्वकप खेलिसकेको देशसँगको यो पराजय सामान्य भए पनि खेलअघि नेपाली प्रशिक्षकले आश्चर्यजनक रूपमा बढी अपेक्षा गरेका थिए । रीतेशले पनि एउटा राम्रो बचाउ भने नगरेका होइनन् । खेलका दौरान नेपाली अग्रपंक्तिका खेलाडीहरू आफ्नो डि–बक्समा नै कम झरेका थिए । यसैगरी, रक्षकहरू एकैतिर झुम्मिएभैँm थिए । एजेन्सी

प्रतिक्रिया