कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार

काठमाडौं, १० भदौं । वरिष्ठ नेता शेरबहादुर देउवा समूहको असन्तुष्टिका कारण आन्तरिक विवादमा रहेको नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा भदौं–१४ गते बिहीबार दिउँसो एक बजे पछि बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयमा छलफल हुने कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस अघि कांग्रेसले मंगलबार भदौं–१४ गते विहान एघार बजेका लागि बैठक तय गरेको थियो ।
बैठक दुई दिन पछि सार्नुका विषयमा कांग्रेसले विज्ञप्तिमा केही खुलाएको छैन ।
अञ्चल र विभाग संयोजक नियुक्तिलाई लिएर विवाद उत्पन्न गरेको देउवा समूहले सो निर्णय विरुद्ध असहमति जनाई सकेको छ ।

प्रतिक्रिया