भिलेन कपुर !

बलिउड अभिनेता ऋषि कपुरलाई धेरैले ‘हिरो’ का रूपमा चिनेका छन् । तर, उनी ‘भिलेन’ बनेको सुन्नेलाई रोचक लाग्नसक्छ । यस्तै रोचकता प्रदान गरेका छन्, ऋषिले ।
सञ्जय दत्त र ऋत्विक रोशन अभिनित फिल्म ‘अग्निपथ’ मा भिलेन बनेपछि उनमा भिलेन मोह जागेको हो । यसै पथलाई पछ्याउँदै उनी अर्को फिल्ममा पनि भिलेन बन्ने भएका छन् । उनी ‘औरंगजेब’ नामक फिल्ममा भिलेन बन्ने भएका हुन् । यो फिल्म यशराज फिल्मस्को ब्यानरमा निर्माण हुनलागेको हो । उनको अघिल्लो फिल्म ‘अग्निपथ’लाई करन जौहरले निर्देशन गरेका थिए । ‘अग्निपथ’ मा कुर्ता, पाइजामा र आँखामा गाजल लगाएका उनलाई ‘भिलेन’को रोलमा खुबै रुचाइएको थियो ।
यशराज फिल्मस्ले आफ्नो फिल्ममा ऋषिले अभिनय गर्ने पुष्टि गरेको छ । ‘हो, उहाँले हाम्रो ब्यानरमा निर्माण हुनलागेको फिल्ममा अभिनय गर्ने हुनुभएको छ,’ यशराज फिल्मका प्रवक्ताले भने । फिल्ममा ऋषिसँग अरुण कपुर, ज्याकी स्राफ र अमृता सिंहले समेत अभिनय गर्ने भएका छन् । (एजेन्सी)

प्रतिक्रिया