एमाले संघीयता र मधेसी विरोधी होइन

काठमाडौं, ८ भदौ । एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादीले कुनै पनि हालतमा मुलुललाई सही दिशा दिन नसक्ने बताएका छन् ।
युवा संघ नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले एमाओवादीले ठूलो दलको हैसियतमा आफ्नो भूमिका निर्वाह गर्न नसकेको बताए । ‘एमाओवादीले निकास दिन नसक्ने भयो,’ उनले भने, ‘अब सबै जनता एकबद्ध भई अगाडी बढ्नु पर्ने समय आएको छ ।’
एमाओवादीले एमालेलाई जनजाति र मधेसी विरोधी भएको भ्रम फैलाउने काम गरिरहेको भन्दै अध्यक्ष खनालले सबैलाई सचेत रहन आग्रह समेत गरे ।
उनले एमालेलाई मधेस विरोधी भएको भनेर लगाईएका आरोपहरु सबै प्रायोजित रहेको दाबी गरे । उनले भने, ‘मधेस र संघीयता विरोधी भन्ने आरोप सबै झुठो हो ।’

प्रतिक्रिया