फोरम निकट मजदुर नेताको हत्या

वीरगन्ज, ८ भदौ । मधेसी जनअधिकार फोरम निकट मजदुर संगठनका महासचिवको आज वीरगञ्जमा गोली हानी हत्या भएको छ ।
मधेसी कारखना श्रमिक फोरमका केन्द्रीय महासचिव रामाशंकर मण्डलको अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
३५ वर्षीय मण्डल पर्साको लालपर्सा–१ का स्थायी बासिन्दा हुन् । वीरगन्जको मुर्ली चोकस्थित नेपाल कृषि सामाग्री कम्पनी लिमिटेडको गेट अगाडि उभिएका मण्डललाई साढे ११ बजे भारतीय नम्बर प्लेटको पल्सर मोटरसाइकलमा आएका अपरिचित दुई व्यक्तिले गोली हानेको प्रत्यक्षदर्शीले बताए ।
छातीमा एक राउण्ड गोली लागेका मण्डलको उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कृषि सामाग्री कम्पनी लिमिटेडमा रासायनिक मल लिन गएका बेला उनी माथि गोली प्रहार भएको थियो । (तस्विर गुगल)

प्रतिक्रिया