लिजा बनिन् सातौँ मिस लिटिल नेवा:

काठमाडौं : आफ्ना ३६ प्रतिस्पर्धीलाई उछिन्दै लिजा महर्जन मिस लिटिल नेवा: २०१२ बनेकी छन् । उनले ताज, प्रमाणपत्र र १० हजार रुपियाँ नगद पुरस्कार जितिन् ।
फाइनल राउन्डमा निर्णायकले सोधेका प्रश्नको उत्कृष्ट जवाफ दिई लिजा महर्जन मिस लिटिल नेवा: बनेकी हुन् । फस्र्ट रनरअप लुमना महर्जन भइन् भने अनिशा खड्गीले सेकेन्ड रनरअपको ताज आफ्नो पोल्टामा पारिन् ।
उनीहरूले क्रमश: सात हजार र पाँच हजार रुपियाँ नगद पाएका छन् । टप ३६ बाट टप १५ हँुदै टप ८ बाट सिधै फाइनल राउन्डमा
लगिएको थियो ।
नेप्लिज फेसन होम्सले आयोजना गरेको मिस लिटिल नेवा: २०१२ मा मिस टयालेन्ट सृष्टि महर्जन चुनिइन् । यस्तै मिस पर्सनालिटी श्रेणा मल्ल, बेस्ट स्किन निशा शाक्य मिस चार्मिङ युनिशा मर्हजन, बेस्ट हेयर शिवानी बलामी, मिस फ्रेन्डसिप सृष्टिना महर्जनले जितेका छन् । (सौस)

प्रतिक्रिया