विश्वर्कीर्तिमानीको पुनरागमन

काठमाडौं : सबैभन्दा लामो समयसम्म पुस्तक पढेर विश्वकीर्तिमान राखेका दिनेश आचार्यले उपन्यास पनि लेखेका छन् । बुधबार राजधानीमा उनीद्वारा लिखित पुनरागमन उपन्यास सार्वजनिक गरिएको हो । राप्ती समाजद्वारा आयोजित कार्यक्रममा पूर्वसूचना तथा सञ्चारमन्त्री शंकर पोखरेल, गायिका कोमल वली, गायक शिशिर योगी र संगीतकार सन्तोष श्रेष्ठलगायतले संयुक्त रूपमा विमोचन गरेका थिए ।
आचार्यले २०६८ कात्तिक २ गतेदेखि ७ गतेसम्म एक सय १४ घन्टा ३४ मिनेट ३४ सेकेन्डमा तीन सय ११ वटा पुस्तक अध्ययन गरेर गिनिज बुकमा नाम लेखाएका छन् । (सौस)

प्रतिक्रिया