सोनाक्षीलाई भाग्य भरोसा

मुम्बई : दबंग र राउठी राठोरमा अभिनय गरेपछि बलिउड नायिका सोनाक्षी सिन्हा निकै चर्चामा छिन् । उनको अभिनयको सबैले तारिफ गरेका छन् । उनलाई ‘लकी’ नायिका भन्न थालिएको छ । उनी पनि आफ्नो सफलतालाई ‘लक’ नै मान्छिन् । प्रदर्शनमा आएका यी दुई चलचित्रमा अभिनय गर्दाताका प्रयोग गरिएका हरेक वस्तुले लक बोकेको यिनलाई लाग्छ । त्यसैले ती वस्तु अहिले पनि छाड्दिनन् उनी ।
हाल उनी नयाँ प्रोजेक्ट जोकरमा काम गर्दै छिन् । तर, यसमा चस्मा भने दबंगमै लगाएको प्रयोग गर्दै छिन् । दबंगमा सलमान खानले लगाएको चस्मा यसमा पनि देखिनेछ । यति मात्र होइन, थ्रिडीमा बनाउने तयारी भएको यो चलचित्रलाई टुडीमा बनाउनसमेत उनले आग्रह गरिन् । किनकि, उनका अघिल्ला दुई चलचित्र टुडीमै बनेका थिए । निर्माण समूह उनको भाग्यमा विश्वास गर्दै टुडीमा फिल्म बनाउन तयार भइसकेको छ । सोनाक्षीले हालैको एक अन्तर्वार्तामा पनि आफ्नो सफलताका पछाडि भाग्य नै कारण रहेको बताएकी छन् । (एजेन्सी)

प्रतिक्रिया