एमाओवादीका नेता एमालेमा प्रवेश

जाजरकोट, ६ भदौ । एकीकृत माओवादीका राज्य समिति सदस्य गौरीबहादुर कार्कीले मातृ पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् ।
जाजरकोट भूर–५, घर भएका ४४ वर्षीय कार्की आज एमालेमा प्रवेश गरेको सचिव नवराज सिंहले जानकारी दिए ।
एमाओवादी जनताका समस्या भन्दा पार्टीगत र व्यक्तिगत लाभमा लागेको भन्दै कार्कीले पार्टी परित्याग गरेको बताए । कार्की भूमिगत कालदेखि नै एमाओवादीमा लागेका थिए । सौर्य

प्रतिक्रिया