आन्दोलनको मुडमा शिक्षकहरु

काठमाडौं, ५ भदौं । अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनले राजनीतिक पार्टीका प्रतिनिधिहरुको रोहवरमा शिक्षक विद्यालयसँग भएको ३३ बुँदे सहमति तत्काल कार्यान्वयन नगरे शसक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर संगठनले चैत–२ गते सरकारसँग भएको ३३ बुँदे सहमति कार्यान्वयन नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिएको हो ।
भदौ–६ गते बुधबार संगठनका प्रतिनिधिहरुले प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटगरेर सहमति कार्यान्वयन गराउन दबाब दिने भन्दै संगठनले माग पुरा गर्ने तर्फ कुनै पहल नभए विद्यालय बन्द गरेर शसक्त आन्दोलन गर्ने जानाएको छ ।
संगठनले शिक्षामा रहेको कम्पनी ऐन खारेज गर्नु पर्ने, शिक्षामा बढ्दै गएको निजीकरण अन्त्य गर्नुपर्ने, २०२८ सालको शिक्षा ऐन खारेज गर्नुपर्नेलगायतका माग गरेको छ ।
संगठनका अध्यक्ष गुणराज लोहनीले शिक्षक विद्यालयहरुसँग भएको ३३ बुँदे सहमति अध्यादेश मार्फत भएपनि कार्यान्वयन गर्नुपर्ने माग गरे । उनले शिक्षा ऐन २०२८ लाई खारेज गरी नयाँ शिक्षा ऐन ल्याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया