दिनबन्धु बेलायतमा

लन्डन : पण्डित दिनबन्धु पोखरेल दुई सातादेखि बेलायत यात्रामा छन् । गैरआवासीय नेपाली संघ बेलायतको निमन्त्रणामा उनी बेलायत आएका हुन् ।
गैरआवासीय नेपाली संघ बेलायतले आगामी अप्रिलमा महायज्ञ गर्ने योजना बनाएको छ । सोही महायज्ञमा प्रमुख पण्डित एवं मुख्य वाचकका रूपमा उनी फेरि बेलायत आउनेछन् । त्यसैको विज्ञापन एवं ‘कास्टिङ’स्वरूप उनले बेलायतका विभिन्न ठाउँमा प्रवचन गरिरहेका छन् । महायज्ञबाट प्राप्त दानले बेलायतमा नेपालघर बनाउने एनआरएनले जनाएको छ । (सौस)

प्रतिक्रिया