साहित्यकार सम्मानित

काठमाडौं : साहित्यकार तथा समालोचक रोचक घिमिरेको ७२आँै शुभजन्मोत्सवका अवसरमा ज्ञानगुन साहित्य प्रतिष्ठानले आइतबार विभिन्न साहित्यिक स्रष्टालाई सम्मान गरेको छ ।
साहित्यकार नगेन्द्रराज शर्मा र श्यामप्रसाद शर्माले रोचक घिमिरे, रमेश गोर्खाली र अच्युतरमण अधिकारीलाई सम्मान गरेका थिए । सो कार्यक्रममा सम्पादक समाजका अध्यक्ष देवेन्द्र गौतम, शेषराज सिवाकोटी, आनन्ददेव भट्ट, मोहन दुवाललगायतले मन्तव्य राखेका थिए । (सौस)

प्रतिक्रिया