चालकरहित विमान आक्रमणमा पाँचको मृत्यु

इस्लामाबाद : पाकिस्तानको उत्तर–पश्चिम आदिवासी क्षेत्र उत्तर बाजिरिस्तानमा अमेरिकाद्वारा गरिएको चालकरहित विमान आक्रमणमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय उर्दु टेलिभिजन च्यानल डाउनका अनुसार दुईवटा अमेरिकी चालकरहित विमानले संदिग्ध आतंककारी बोकेको सवारीसाधनलाई लक्ष्यगरी आक्रमण गरिएको थियो ।
उत्तरी बाजिरिस्तानको प्रमुख सहर मिरानसाहको सावाल क्षेत्रमा स्थानीय समयअनुसार आइतबार बिहान ४.३० बजे सो आक्रमण गरिएको थियो । गत २४ घन्टाभित्र सोही क्षेत्रमा भएको अमेरिकी ड्रोन आक्रमण यो दोस्रो हो । शनिबार अपराह्नको समयमा एक घर र एक सवारीसाधनलाई लक्ष्य गरी गरिएको ड्रोन आक्रमणबाट कम्तीमा ६ सन्दिग्ध आतंककारीको मृत्यु हुनुका साथै अन्य दुई घाइतेसमेत भएका थिए । पाकिस्तानमा यस वर्षको सुरुदेखि हालसम्म अमेरिकाद्वारा २५ वटा ड्रोन आक्रमण गरिएको छ, जसबाट एक सय ८२ व्यक्तिको मृत्यु भएको समाचारमा उल्लेख छ । यसैबीच, पाकिस्तानमा अमेरिकी हवाई हमलाको पाकिस्तानी नागरिकले अमेरिकाको विरोध गरेका छन् ।
यसअघि पनि पाकिस्तानमा हुने हवाई हमलाको विरोध गर्दै आइएको छ । यसरी गरिने हवाई हमलामा सर्वसाधारण नागरिकको पनि ज्यान जानसक्ने भन्दै उनीहरूले विरोध गर्दै आएका छन् । तर, सुरक्षानिकायले भने
यसरी मारिनेहरू पाकिस्तानमा आतंक मच्चाइरहेका सशस्त्र हतियारधारीहरू रहेको दाबी गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया