सुडानमा विमान दुर्घटना, एकतीसको मृत्यु

खार्तुम : सुडानको दक्षिण कोर्डोफान राज्यमा एक कार्यक्रममा जाने लागेका सरकारी प्रतिनिधिमण्डलसहित ३१ व्यक्तिको विमान दुर्घटनामा मृत्यु भएको सरकारी स्रोतले जनाएको छ । विमानमा रहेका सबै व्यक्तिको मृत्यु भएको सो स्रोतले जनाएको हो । उक्त विमान तालोडी सहरमा स्थानीय समयअनुसार आइतबार बिहान ८ बजे अवतरणका क्रममा विस्फोट भएको थियो ।
दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको जनाइएको छ । दुर्घटनामा मन्त्रीहरूसहित २६ यात्रु र चालक दलका सदस्यको मृत्यु भएको सरकारी समाचार समिति सुनाले जनाएको छ । उक्त दुर्घटना तालोडी सहरनजिकै भएको समाचारमा उल्लेख छ । (एजेन्सी)

प्रतिक्रिया