नेपाल डान्सिङ हुने

काठमाडौं : नेपाल र भारतमा बसोबास गर्ने नेपालीले एकैठाउँ नृत्य गर्ने भएका छन् । माइकल स्टजेफ अफ एन्ड एकेडेमीले नेपाल डान्सिङ २०१२ प्रतियोगिता आयोजन गर्न लागेको हो । राजधानीमा शुक्रबार पत्रकारसम्मेलनमार्फत आयोजकले सो जानकारी गरायो । पहिलो चरणको अडिसन दार्जिलिङ, कर्साङ, कालिङपोङ, गान्तोक र सिलगुडीमा हुने भएको छ । त्यहाँ छनोट भएका प्रतियोगीमध्ये मिरिक अडिसनबाट फेरि उत्कृष्ट सात छनोट गरिने आयोजकले बतायो । त्यस्तै बिर्तामोड, धरान, हटौँडा, काठमाडौंै, पोखरा, नारायणघाट, बुटवल, नेपालगन्ज र धनगढीमा गरिने छुट्टै अडिसनबाट उत्कृष्ट नौ जनाको छनोट गरिनेछ । त्यस्तै प्रतियोगिताकै लागि भारतको मुम्बईमा पनि अडिसन गरी दुई जना छनोट गरिनेछ ।
यसरी छानिएका कुल १८ जनलाई काडमाडौंमा हुने इलिमेन्ट राउन्डमा सहभागी गराइनेछ । यिनीहरूको खाना, आवास, यातायात तथा औषधिको सम्पूर्ण व्यवस्था आयोजकले नै मिलाउने पत्रकार सम्मेलनमा जानकारी गराइयो । यी १८ जनामध्येबाट उत्कृष्ट १० छनोट गरी अन्तिम प्रतिस्पर्धा गराइनेछ । भोटिङका आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिनेछ । प्रथम हुनेलाई उपाधिका साथमा पुरस्कारस्वरूप नानो कार, दोस्रो हुनेलाई मोटरसाइकल, तेस्रो हुनेलाई स्कुटी र चौथो हुनेलाई एलसिडी टिभी प्रदान गरिने आयोजकका तर्फबाट श्रीराम महतले जानकारी गराए । नेपाल र भारतका नेपालीबीच भाइचाराको भावना बढाउन र सांस्कृतिक आदानप्रदानको उद्देश्य कार्यक्रमको रहेको आयोजक संस्थाले बतायो । (सौस)

प्रतिक्रिया