माउन्टेनको अन्तरक्रिया

काठमाडौ, ३ भदौ । पर्वतीय खेलकुद महासंघ, नेपाल (माउन्टेन स्पोटर््स फेडेरेसन) को समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार ‘माउन्टेन स्पोटर््स इन नेपाल’ नामक प्राविधिक अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो ।
त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा आयोजित कार्यक्रममा नासा, एभिएसन स्पोटर््स, एथलेटिक्स, बन्जी जम्पिङ, क्यानोइङ, साइक्लिङ, इक्वेस्ट्रियन, गोल्फ, माउन्टेनिएरिङ एन्ड रक क्लाइम्बिङ, ट्रायथलन तथा र्‍याफ्टिङ एन्ड क्यानोइङ खेलका प्रतिनिधिले आ–आफ्नो खेलको नियम, प्रतियोगिता सञ्चालन गर्दा आवश्यक पर्ने जनशक्ति, सम्भावित स्थल, सामग्रीलगायतका विषयमा महत्त्वपूर्ण जानकारी दिएका थिए ।
ट्रायथलन दौडने, पौडने र राडरेस मात्र समावेश भए तापनि यो खेल पनि पर्वतीय खेलकुद महासंघमा रहनुलाई आश्र्चयको विषय मानिएको छ । ट्रायथलन संघमा पूर्वमन्त्री कमला रोकाका पति गणेशमान पुन अध्यक्ष छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्षसमेत रहेका परिषद् सदस्य–सचिव युवराज लामाले माउन्टेन स्पोटर््सलाई संस्कृति, खेलकुद, पर्यटन तथा अन्तर्राष्ट्रिय पहिचानको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै मुलुकको आर्थिक स्तर उन्नतिमा यो खेललाई जोड्न सकिने धारणा व्यक्त गरे ।
महासंघका उपाध्यक्ष कृष्ण अर्यालले नेपालमै माउन्टेन स्पोटर््सको प्रचुर सम्भावना भए पनि सही ढंगले संयोजन गर्न नसकेको बताउँदै अन्तरक्रिया धेरै उपयोगी सावित भएको धारणा व्यक्त गर्नुभयो । उपाध्यक्ष अर्यालले पोखरामा हुने महोत्सवलाई माउन्टेन स्पोटर््सको विकासमा महासंघको पहिलो पाइलाका रूपमा लिई जसरी भए पनि सफल पार्न सबै लाग्नुपर्ने बताए ।
महासंघमा आबद्ध प्राय: संघका अधिकारी भने सम्बन्धित खेलको सामान्य जनाकारीसमेत नरहेकाहरू नै छन् । कराते र शारीरिक बल मात्र प्रयोग गर्ने खालको खेलमा रुचि राख्ने गरेका सदस्य–सचिव लामा इक्वेस्ट्रियन संघमा आबद्ध मनबहादुर न्यौपाने क्यानोइङ संघका अध्यक्ष छन् ।

प्रतिक्रिया